काठमाडौँ । हाइप्रोफाइल नेता र कर्मचारी मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ । प्रतिवादीसँग बयान लिएपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरुमा सरकारी वकिलको तर्फबाट बहस भएको थियो । त्यसपछि १८ जना प्रतिवादीको तर्फबाट भएको बहस बिहीबार सम्पन्न भएको छ ।
यससँगै अब शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका ४ जनाले जवाफी बहस गर्नेछन् । प्रतिवादीतर्फका वकिलले उठाएका प्रश्नहरुमाथि केन्द्रित रहेर सरकारी वकिलले जवाफी बहस गर्नेछन् । न्यायाधीश न्यौपानेले शुक्रबार २ बजेभित्र बहस सक्न सरकारी वकिललाई इजलासबाट भनिसकेका छन् ।
जवाफी बहस सकेपछि धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश आउने छ । बहस सकेपछि समय पुगेमा शुक्रबार नै साँझसम्म थुनछेक आदेश आउन सक्ने बताइएको छ ।





प्रतिक्रिया