देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दक्षिण कोरियाका सहरमा नीरफूल

देशान्तर

प्रदर्शनरत फिल्म ‘नीरफूल’ दक्षिण कोरियामा प्रदर्शन हुने भएको छ । धनजित वाइबाको समूहले कोरियाका विभिन्न सहरमा प्रदर्शनको अधिकार लिएको हो । फिल्मका निर्देशक फूलमान बलका अनुसार बिहीबार दुबै पक्षबिच प्रदर्शन अधिकार सम्झौता भएको छ ।

निर्देशक बलले भुकम्पका कारण विछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयासमा आधारित फिल्मलाई अन्य देशमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको बताए । गणेश हिमालको फेदी रुबी भ्याली, रसुवा र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, रोशन फ्युबा लगायतको अभिनय छ । फिल्म नेपाल म्यानमार फ्रेण्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको हो ।