देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ताप्लेजुङमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता

देशान्तर

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनसहित चारजना बेपत्ता भएका छन् ।पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमति भगीमाया, बुहारी सन्ध्या र नाती प्रज्वल बेपत्ता भएका हुन् । यस्तै, मेहेलेकै भरत तामाङ समेत बेपत्ता भएका छन् ।

खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुबाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएको बताइएको छ । घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ । यस्तै, देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्य चौकीको भवन पुर्णरुपमा पहिरोले बगाएको छ ।

अहिले पनि निरन्तर वर्षा भइरहेकाले छ । बाढी र पहिरोले जिल्लाका धेरैजसो सडक सञ्जाल पुर्णरुपमा अवरुद्ध छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोप सहितका ठाउँमा विद्युत समेत ठप्प छ । मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी–पहिरो आएपछि तराई जोड्ने सडकहरु पनि अवरुद्ध बनेका छन् ।