काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलिबाट महानगरभित्रका सबै हलहरुमा भारतीय सिनेमा चलाउन रोक लगाउने भएको छ । मेयर बालेन्द्र साहको निर्देशनमा नगर प्रहरीले आज काठमाडौंका विभिन्न हलमा पुगेर भारतीय फिल्म हटाउन पूर्वसूचना दिएका छन् ।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ ले नेपालको राष्ट्रिय विभूतिका रुपमा रहेकी सीतालाई ‘भारतीय छोरी’ भन्दै गलत तवरबाट प्रस्तुत गरेपछि त्यसलाई सच्याउन बालेनले ३ दिनको अल्टिमेटम दिएका थिए । तर आदिपुरुषले संवाद सच्याउन अटेर गरेपछि काठमाडौंमा कुनै पनि भारतीय फिल्म चल्न नदिने घोषणा बालेनले गरिसकेका छन् । त्यसही घोषणाबारे जानकारी गराउन नगरप्रहरीलाई आज बेलुकी हलहरुमा पठाइएको हो ।





प्रतिक्रिया