देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शुक्रबार संसदमा प्रधानमन्त्री दाहालसँग प्रश्नोत्तर हुने

देशान्तर

काठमाडौं । आगामी शुक्रबार संघीय संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रम गरिने भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तरको कार्यक्रम शुक्रबार हुने जानकारी सदनलाई गराएका छन् ।

प्रधानमन्त्री दाहालसँग प्रश्न सोध्न १७ वटा समूह विभाजन गरिएको पनि जानकारी पनि सभामुख घिमिरेले दिए । उनले उक्त समूहमा १५ जना सांसद सदस्य रहने पनि बताए ।

उनले भने ‘ प्रश्न सोध्नका लागि १७ समूह विभाजन गरिएको छ , जस्मा १५ जना सांसद सदस्य रहने छन् । ’

सभामुख घिमिरेले आज मंगलबार अपराह्न ५ बजेसम्म प्रश्न लिखित रूपमा प्रतिनिधि सभाका सचिवसमक्ष पेश गर्नु पर्ने जानकारी पनि दिए ।