देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कर फर्छ्यौट आयोगका पदाधिकारीलाई जनही नौ वर्ष कैद र चार अर्ब जरिवाना

देशान्तर

काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारीहरु अध्यक्ष लुम्बध्वज महतलाई नौ वर्ष एक महिना र सदस्यद्वय उमेशप्रसाद ढकाल र चुणामणि शर्मालाई जनही नौ वर्ष कैद सजाय सुनाएको छ । त्यस्तै, उनीहरुलाई जनही चार अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँ जरिवाना तोकेको हो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार उनीहरुविरुद्धको भ्रष्टाचार मुद्दामा सजाय निर्धारण गरेको हो । इजलासले जेठ १८ गते नै उनीहरुलाई दोषी ठहर गरेको थियो ।

उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कर फर्छ्यौट आयोग ऐन, २०३३ ले दिएको क्षेत्राधिकारबाहिर गएर बदनियतपूर्वक करदाताहरूसँग कर फर्छ्यौट सम्झौता गरी सरकारलाई प्राप्त हुने ठूलो मात्राको राजस्व रकम चुहावट गरेर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । उनीहरूविरुद्ध एक अर्ब ३३ लाख २० हजार ३२५ रुपैयाँ बराबरको कर छुट गरेर राजस्व चुहावट गरेको आरोप थियो ।