देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एनआरएनए युकेको सदस्यता लिनेको लर्को

देशान्तर

गैरआवासीय नेपाली संघ युकेको सदस्यता लिने मिति अब २ दिन बाँकी रहेको छ । यसरी सदस्यता लिने समय सिमा अन्त्य हुनै लाग्दा सदस्य बन्नेहरुको लर्को लागेको छ । यसबाट एनआरएनए युकेका अध्यक्ष सुनिल बाबु खड्का र सिंगो कार्यसमिति नै उत्साहित बनेको छ । हालै एनआरएनए युके पदाधिकारी र निर्वाचन समितिको संयुक्त बैठक बसेर आगामी अधिवेशन र निर्वाचनका बारे गम्भीररुपमा छलफल गरेको थियो ।

त्यसो त, अप्रिल २३ मा बसेको एनआरएनए युकेको बैठकले जुलाई २२ मा निर्वाचन गर्ने मिति तय गरेको थियो ।

निर्वाचन अघि सदस्यता आह्वान गरिएको हो । सदस्यता लिनका लागि आवदेन दिन एनआरएनए युकेका प्रमुख निर्वाचन आयुक्त चिरञ्जीवि ढकालले जानकारी दिए । उनले निर्वाचन प्रयोजनका लागि सदस्यता अनिवार्य रहेको र सदस्यता लिनका लागि अब २ दिनमात्रै बाँकी रहेको जानकारी दिए ।

एनआरएनए युकेको सदस्यता लिनका लागि २३ जुन २०२३ को राति ११ः५९ बजेसम्म आवेदन लिइसक्नु पर्ने छ । आवदेन दिने समय बन्द भएपछि निर्वाचन समितिले त्यसैकै आधारमा प्रक्रिया पूरा गरेर निर्वाचन कार्यक्रम अघि बढाउने छ ।

जस अनुसार नयाँ आवेदन दिएका वा ड्राफ्टमा भएका आवेदकहरुले जुन २३ तारिखको ५ बजेभित्र प्रक्रिया पूरा गर्न पनि आग्रह गरिएको सदस्यता वितरण समितिका संयोजक रामचन्द्र पोखरेलले जानकारी दिए । निर्धारित समय भन्दा ढिला भएमा सदस्यता प्राप्त नहुने पनि पोखरेलले बताए ।