देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एनआरएनए युकेको उम्मेदवारी दर्ता जुलाई १ मा

देशान्तर

गैरआवासीय नेपाली संघ युकेमा नयाँ नेतृत्वका लागि जुलाई १ तारिखमा उम्मेदवारी दर्ताको समय तोकिएको छ । हालै सदस्यता अन्तिम चरणमा पुगेकाले उम्मेदवारी दर्ताको तयारी अघि बढाइएको जनाइएको छ ।

२३ जुनसम्म सदस्यता आह्वान गरिएकोमा ४ हजार ४ सय २२ जनाको निवेदन परेको सदस्यता प्रमाणीकरण समितिका संयोजक तथा प्रमुख निर्वाचन आयुक्त चिरञ्जीवी ढकालले जानकारी दिए ।

उम्मेदवारी दर्ताका लागि १ जुलाई ३ बजेसम्म समय तोकिएको छ । यसैगरी २ जुलाई दिउँसो १ बजेसम्म उम्मेदवारको प्रथम नामावली प्रकाशन एनआरएनए युके वेबसाइटमार्फत २ जुलाई साँझ ५ बजेसम्म उम्मेदवारी नामावलीमाथि दावी विरोध एवं ४ जुलाई साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशत हुनेछ ।

निर्वाचन समितिका अनुसार २२ जुलाई बिहानदेखि २२ जुलाई साँझ ६ बजेसम्म स्मार्ट एनआरएन एप मार्फत अनलाइन मतदान हुने तयारी गरिएको छ ।
मतदानको भोलिपल्ट २३ जुलाई दिउँसो १ बजे अन्तिम परिणाम घोषणा हुने प्रमुख निर्वाचन आयुक्त ढकालले जानकारी दिए । ढकालको संयोजकत्वमा तमु धिं युकेका अध्यक्ष हरि गुरुङ र एनआरएनए युकेका संस्थापक सदस्य एवम् पत्रकार विपिन निरौला सदस्य छन् ।

अध्यक्ष खड्काले दिए धन्यवाद
एनआरएनए युकेका अध्यक्ष सुनिलबाबु खड्काले सदस्यता आवदेन दिएकाहरुलाई धन्यवाद दिएका छन् । उनले कठिन अवस्थामा पनि सहयोग गर्ने बेलायतस्थित नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गर्दै आफूहरुले एकपटकको नेपाली सधैंको नेपाली भन्ने मूल मन्त्र नबिर्सिएको पनि प्रष्ट पारे ।

यसैगरी, नागरिकता ऐन कार्यान्वयनमा आएकोमा खुसी व्यक्त गर्दै एनआरएनए नागरिकताले सम्पत्तिको अधिकारलाई सुरक्षित गरेको र बंशजको नागरिकता पुनः प्राप्तिको लागि र हाम्रा सन्ततिलाई नेपालसँग सदावाहार जोडि राख्नको लागि एनआरएनए अभियानको थप आवश्यकता रहेकोले यो अभियानमा सरिक हुन आग्रह गरेका छन् ।