देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोशी प्रदेशका मुख्यमन्त्रीले आज बिश्वासको मत लिने

देशान्तर

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने भएका छन् । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विश्वासको मत लिन लागे पनि त्यो सम्भवः भएको थिएन । विश्वासको मत लिने भनिए पनि मुख्यमन्त्री कार्की अनुपस्थित भएपछि ३० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारू नभइ राती सुचना टाँस गरेर स्थगित गरिएको थियो । बैठक बिहान ११ बजे बोलाईएको छ ।

सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिए पछि संकटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् । कोशी प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठुलो दल रहेको छ । एमाले नेतृत्वको एक मात्र प्रदेश सरकार माथी विश्वासको संकट उत्पन्न भए पछि मुख्यमन्त्री कार्कीले आज बिश्वासको मत लिन लागेका हुन । एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाईसकेका छन । राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहने देखिएको छ । कोशी प्रदेश सभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ ।

जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएमा कोशी सरकार यथावत रहने भए पनि सो पार्टीले तटस्थ बस्ने जनाए पछि मुख्यमन्त्री कार्की अप्ठयारोमा परेका थिए । जसपा नेपालको एक मत रहेको छ । जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोशीमा पनि विश्वासको मत पाउने अपेक्षा गरेका मुख्यमन्त्री कार्कीले मत नपाउने भए पछि उनी विश्वासको मत पाउने बैठकमा अनुपस्थित हुन परेको हो । हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको ९सभामुख सहित० १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।