देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज श्री एअरलाइन्सका सबै उडान स्थगित 

देशान्तर

आज श्री एयरलाइन्सका सबै उडान स्थगित हुने भएका छन् । श्री एअरलाइन्स प्रालिले आज आइतवारका लागि पुर्व निर्धारित सबै उडानहरु स्थगित गरेर बिमान परिक्षण गर्ने भएको हो । एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिवार जारी गरेको प्रेस नोट अनुसार आइतवारका सबै उडान स्थगित गरिएको छ । उनका अनुसार श्री एअरलाइन्सका सबै उडान स्थगित गरी आइतवार दिनभर कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको छ ।

सोमवार देखी भने सबै उडान नियमित रुपमा सञ्चालन हुनेछन् । शनिवार काठमाडौंबाट धनगढीका लागि दिउँसो ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएको थियो । जसकारण धनगढी उडेको सो बिमान पुनः काठमाडौं नै फिर्ता गरी अबतरण गराईएको थियो । सो घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एअरलाइन्सले जनाएको छ ।