देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘म त मर्छु कि क्या हो’ लाई एक सातामै मिलियन भ्युज

देशान्तर

काठमाडौं । हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको वेब चलचित्र ‘म त मर्छु कि क्या हो’ युट्युबमा सार्वजनिक भएको छ ।
कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो चलचित्र ओटिटी प्लेटफर्म ओहो मुभिजमा राखिएको थियो । केही दिनअघि धुर्मुस सुन्तलीले युट्युबमार्फत सार्वजनिक गरेको चलचित्रले छोटो समयमै एक मिलियन भ्युज पाएको छ ।
चलचित्रमा धुर्मुस र सुन्तलीसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बलदीप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशीला थापाको अभिनय रहेको छ । यसमा लेखन तथा निर्देशन धुर्मुस र सुन्तली दुवैले गरेका छन् । गिरीराज घिमिरेको सहनिर्देशन रहेको चलचित्रमा सुदीप बरालको छायांकन रहेको मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रको गीत लोकराज अधिकारीले लेखका हुन् । रचना रिमाल र भक्त प्रधानको स्वरमा रहेको ‘ओ ओ मेरो परान’ बोलको गीतले यसअघि नै चर्चा बटुल्दै एक मिलियनभन्दा माथिको पाइसकेको छ । गत सोमबार सार्वजनिक चलचित्रबारे धुर्मुसले भनेका छन्, ‘यसलाई हामीले वेव फिल्म भनेका छौं । ठूलो पर्दाको चलचित्र भने होइन ।’ उनका अनुसार आगामी दिनमा पनि दर्शकको रोजाइ अनुरूपमा फिल्म निर्माण गर्नेछन् ।