देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नयाँ लेन्डुपहरुलाई सामाजिक बहिस्कार गरौंः अखिल अध्यक्ष

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गैर जिम्मेवार अभिव्यक्तिलाई लिएर अहिले सर्वत्र आलोचना भइरहेको छ । 

‘प्रधानमन्त्री नपाए दिल्ली जानु’ भन्ने आशयको अभिव्यक्ति दिएर सर्वत्र आलोचनाको सिकार भई रहेका प्रधानमन्त्री दाहालको अभिव्यक्ति माथि आक्रोश पोख्ने क्रम जारी छ । 

सोही क्रममा अनेरास्ववियुका अध्यक्ष समीक बडालले प्रधानमन्त्रीलाई बहिस्कार गर्नुपर्ने बताएका छन् । ‘नयाँ लेन्डुपहरु बनाउने भारतीय संस्थापनको हण्डी खाएर भारतीय भुमिमा बसेर   नेपाली जनता को रगत बगाउने सशस्त्र युद्धको डिजाइनरको पर्दाफास हुँदै छ ,’ बडालले भनेका छन्, ‘जनताले चिन्न ढिला नगरौँ, यस्ता लेन्डुपहरुलाई सामाजिक बहिस्कार गरौँ।’