देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही

देशान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ ।

सो क्रममा सातजना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको छ । त्यस्तै, स्थायी सेवामा रहेका पाँचजनालाई निलम्बन गरिएको छ। “अमानवीय व्यवहार देखिएपछि हामीले यसअघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौँ, हाम्रो ब्रिफिङ्मा अभद्र व्यवहार नगर्न भनेका छौँ,” महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले भने ।