देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री पत्नी सीताको निधन

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ ।

लामो समय देखि अस्वस्थ सीताको आज (बुधबार) बिहान अचानक शरिरमा अक्सिजनको मात्र घटेपछि नर्भिक अस्पतालमा उपचारका लागि लगिएको थियो । बिहान सवासात बजे थप उपचारका लागि नर्भिक पुर्‍याइएको थियो ।

तर, उनको उपचारको क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमो ८ बजेर ३३ मिनेट निधन भएको अस्पतालले जनाएको छ ।

सीता पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित थिइन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)भनिन्छ । छोरा प्रकाश दाहालको असामयिक निधनपछि सीतालाई रोगले झन च्यापेको थियो ।