देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गरिने

देशान्तर

काठमाडौँ । राष्ट्रिय सभा बैठक बस्दै छ ।

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान १० बजे बस्नेछ । हिजो स्थगित भएको बैठक आज बस्न लागेको हो । 

सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८०  पारित हुँदै छ । 

जसअनुसार आजको बैठकमा विनियोजन विधेयक माथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्य तालिका तय भएको छ ।

त्यसपछि अर्थमन्त्री प्रकाश शरण महतले प्रतिनिधिसभा वाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्य तालिकामा उल्लेख छ ।