देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सात बुँदे निर्देशन कडाइका साथ लागू गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धारका लागि बजेट अभाव छैन

देशान्तर

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा लाग्ने करबापत प्राप्त हुने सबै रकम स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्ने बताका छन् ।
आज राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेट माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले अहिले मन्त्रालयले सुर्तीजन्य पदार्थमा लाग्ने करबापत प्राप्त हुने चार अर्ब मात्र प्राप्त गरेको जानकारी गराए ।
उनले कर्मचारी व्यवस्थापनलाई व्यवस्थित बनाउन मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापन सम्बन्धमा दिएको सात बुँदे निर्देशन कडाइका साथ लागू गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । सङ्घीयस्तरका अस्पतालमा १० प्रतिशत निःशुल्क शैया ब्यबवस्था लागू गरेको विषय पनि सदनलाई जानकारी गराएका थिए । उनले दरबन्दी अनुसार डाक्टरहरू व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताए ।
आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउने गरेको बताए ।
स्वास्थ्य मन्त्री बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभूत स्वास्थ्य सेवा ग्रामीण स्तरसम्म स्वास्थ्यकर्मीहरूको पहुँच नभएको स्थानमा पु¥याएर नै छोड्ने पनि बताए ।

यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धारका लागि बजेट अभाव नरहेको बताए । राष्ट्रियसभा बैठकमा उनले आउँदो आर्थिक वर्षमा सो कार्यक्रमको प्रभावकारिता हेरेर परिमार्जन गरिने र निरन्तरता दिइने उनले उल्लेख गरे । उनले मन्त्रालयले हालसम्म ५३६ जनाको हवाई उद्धार गरिसकेको जानकारी दिए । मन्त्रालयले दिएको ससर्त अनुदानको प्रभावकारिताको अनुगमन गरिने समेत उनले बताए ।