देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कानुन बनाई सामाजिक सञ्जाललाई मर्यादित बनाइने

नेपाल वायुसेवा निगमले तीनवटा साना जहाज खरिद गर्ने

देशान्तर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चालिने बताएकी छन् । बिहीबार राष्ट्रियसभा बैठकमा उनले आउँदो आर्थिक वर्षमा कानुन बनाई सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चालिने उनको भनाई थियो ।
विद्युतीय तथ्यांकको सुरक्षा, भन्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्यांक सुरक्षा नीति तर्जुमा गरिने उनले जानकारी गराइन् । साइबर सुरक्षासँग सम्बन्धित विषय एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको पनि उनले बताइन् ।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको बताए ।
राष्ट्रियसभा बैठकमा बोल्दै मन्त्री किरातीले दुर्गम क्षेत्रमा विमानस्थलहरु बने पनि त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको उनले बताए । दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित नदेखिएको उनको भनाइ छ । नेपाल वायुसेवा निगमले तीनवटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाएको पनि उनले जानकारी गराए । देशका विभिन्न स्थानमा विमानस्थल निर्माणको माग भएको उल्लेख गर्दै विमानस्थलको संख्या थप्नेभन्दा पनि सेवा र गुणस्तर बढाउनेमा जोड दिनुपर्ने उनको भनाई थियो ।