देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रुसलाई तत्काल युद्ध अन्त्य गर्न आग्रह गर्दै शान्ति समाज द्वारा प्रदर्शन

देशान्तर

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध अन्त्य गर्न आग्रह गर्दै रुसी दूतावासअगाडि बिहीबार प्रदर्शन गरेको छ ।
प्रदर्शनमा ‘रुस तत्काल युद्ध अन्त्य गर’, ‘युद्धको ५०५ दिन : मानवता पराजित’, ‘रुसी आक्रमण बन्द गर’, ‘ इतिहास लज्जित’लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
प्रदर्शनपश्चात् रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापनपत्र काठमाडौंस्थित रुसी दूतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

बिहीबारै युद्ध अन्त्य गर्न आग्रह गर्दै पाल्पा, रुपन्देही, संखुवासभा, चितवन, सुर्खेत, तेह्रथुम, नवलपुर, रसुवालगायत एक दर्जन जिल्लामा शान्ति समाजका शाखाहरूले प्रदर्शन गरेका थिए ।