देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वैदेशिक रोजगार व्यवसायी संघको आपत्ति

देशान्तर

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अध्यागमन कार्यालयले रोकेको प्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ । कुवेत र जोर्डन जाने लागेका १३२ जना श्रमिकहरूलाई अध्यागमन कार्यालयले विना कारण रोकेको भन्दै संघले आपत्ति जनाएको हो । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघका अध्यक्ष राजेन्द्र भण्डारीले विना कारण कामदार फर्काउने काम भएको बताए । विभागबाट संस्थागत रुपमा प्रचालित कानुन बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका लागि जाने कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयका कर्मचारीले केहि दिनदेखि कानुन विपरीत रोक्ने काम भइरहेको उनले बताए।

अध्यागमन कार्यालयले २०८० असार २४ गते जोर्डन जान लागेका १५ जना, २७ गते सलाम एयरलाईन्सबाट कुबेत जान लागेका १०१ जना र कुबेत एयरलाईन्सबाट जान लागेका १६ जना कामदारलाई रोकेको थियो।

भिषा र हवाई टिकट बाहेकका अनावश्यक कागजातको जाँच परिक्षण गर्ने, कामदारलाई दुर्व्यवहार साथ उडान अनुमति नदिई फर्काउँदा कतिपय कामदारको भिषा समाप्त भै रोजगार नै गुम्ने सम्मको अवस्था रहेको उनले बताए । यसले गर्दा व्यवसायीलाई हवाई टिकट बापत ठूलो आर्थिक क्षति पुगेको उनको भनाइ छ । यो कार्य तत्काल रोक्न व्यवसायीहरुले माग गरेका छन् ।