देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजदेखि धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म रेल चल्ने

देशान्तर


जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म आजदेखि रेल चल्ने भएको छ । बिहान १० बजे महोत्तरीको भङ्गाहा स्टेशनमा रेल सेवाको उद्घाटन गर्ने तयारी भएको छ । यसअघि गएको २०७८ साल चैत २० गतेदेखि जयनगरबाट धनुषाको कुर्थासम्म रेल सञ्चालन हुँदै आएको थियो । यो सेवालाई विस्तार गर्दै आजदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गर्न लागिएको हो।

जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग बनेसँगै बिजलपुरासम्म रेल सञ्चालन हुन लागेको नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारि दिनुभयो ।