काठमाडौ । प्रहरीले नक्कली मुद्रा र सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा आरूघाट गाउँपालिका–१० दुर्गाबहादुर खत्री र भारतको लखनऊ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१० बस्ने विनय कुमार सिंह रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुको साथबाट ४ किलो २ सय ग्राम नक्कली सुन तथा १६ हजार नक्कली भारतीय रूपैयाँ बरामद भएको छ ।
पक्राउ परेका उनीहरूमाथि मुद्रा सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।





प्रतिक्रिया