काठमाडौं । संस्थागत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा हिँडेका युवामाथिको अध्यागमन कार्यालयले लगाएको रोकप्रति राष्ट्रिय मानव अधिकार आयोगले आपत्ती जनाएको छ ।
आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीका लागि कुवेत र जोर्डन प्रस्थान गर्न लागेका नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयद्वारा प्रस्थानमा रोक लगाइनुले उनीहरूको मानव अधिकार हनन भएको भन्दै आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
संस्थागत श्रम स्वीकृति लिई कामको लागि कुवेत, जोर्डन जान लागेका श्रमिकलाई २०८० असार २४ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकारीले कागजात शंकास्पद रहेका भनी फर्काएको थियो ।
आयोगले आप्रवासी श्रमिकको अधिकारप्रति संवेदनश
ील भइ वैदेशिक रोजगार व्यवस्थापनमा जिम्मेवार निकायबिच प्रभावकारी समन्वय गर्न सम्बन्धित निकायलाई सुझाएको छ ।
यस कार्यमा संलग्न अधिकारीलाई जिम्मेवार बनाउन र आप्रवासी श्रमिकको अधिकार संरक्षण सम्बन्धमा आयोगले विगतमा गरेका सिफारिसको कार्यान्वयनका लागि पनि विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गराएको छ । यसैबीच अध्यागमन कार्यालयले अनुमति दिएसँगै नेपाली श्रमिकहरू क्रमिक रूपमा कुवेत उड्न थालेका छन् ।
तर वैदेशिक रोजगार विभागले आवश्यक सहजीकरण गरिदिन भन्दै पत्राचार गरेपछि अध्यागमन विभागले पनि अध्यागमन कार्यालयलाई सहजीकरण गर्न र प्रस्थान अनुमति दिन भनेको थियो ।





प्रतिक्रिया