देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोसी प्रदेश सरकार गठन संवैधानिक प्रक्रियाले नै भएको जिकिर

देशान्तर

काठमाडौं । कोसी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले सरकार गठनका विषयमा सर्वोच्च अदालतबाट माग गरेअनुरूप लिखित जवाफ पठाएका छन् । सरकार गठन संवैधानिक प्रक्रियाले नै भएको जिकिर गर्दै अदालतमा जवाफ पठाएको जनाइएको छ ।
मुख्यमन्त्री थापाले सर्वोच्चमा आफ्नो लिखित जवाफ पठाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । मुख्यमन्त्री थापाको सचिवालयका अनुसार अदालतले माग गरेअनुरूप समयमै प्रदेशको मुख्य न्यायाधिवक्ता कार्यालयमार्फत बुधबार सर्वोच्चमा लिखित जवाफ पठाइएको हो ।

कोसी प्रदेश सरकार गठन प्रक्रिया नै अवैधानिक भन्दै नेकपा (एमाले)का कोसी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा रिट दर्ता गराएका थिए । उनले परमादेशमार्फत आफूलाई सरकार सञ्चालनको जिम्मेवारी तोक्न माग गरेका थिए ।
सर्वोच्चले निवेदक कार्कीले अदालतसमक्ष दिएको रिटमाथि सुनुवाइ गर्दै साउन ३ गतेभित्र महान्यायाधिवक्ता÷मुख्य न्यायाधिवक्ताको कार्यालय कोसी प्रदेशमार्फत लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश दिएको थियो । गएको असार २२ गते तत्कालीन मुख्यमन्त्री कार्कीले मुद्दा दायर गरेका थिए । उनको रिटमाथि सुनुवाइ गर्दै असार २७ गते सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रदेश सरकारलाई आदेश दिएको थियो । त्योसँगै नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका उद्धव थापा नेतृत्वको सरकार कामचलाउ हैसियतमा छ ।