देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुन प्रकरणबारे विस्तृत अध्ययन गर्न विभागको छुट्टै समिति

देशान्तर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद करिब एक क्विन्टल सुन प्रकरणबारे विस्तृत अध्ययन गर्न राजस्व अनुसन्धान विभागले छुट्टै समिति गठन गरेको छ ।

मंगलबार त्रिभुवन विमानस्थल कार्गो भवन अघि बरामद सुनबारे विस्तृत अनुसन्धान गर्न राजस्वले अनुसन्धान अधिकृत तोकेको हो ।
विभागकाअनुसार राजस्व र प्रसाशनका निर्देशकहरुसहितको चार सदस्यीय अनुसन्धान अधिकृत तोकिएको हो । यही समितिले अब सुन तस्करी प्रकरणबारे विस्तृत अनुसन्धान गर्ने छ ।

सुन तस्करी प्रकरणको पहिलो जालो पक्राउपछि थप अनुसन्धानलाई तीब्र पारिएको विभागले जनाएको छ ।