देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्मल चौलागाईं बने एनआरएनए चीनको अध्यक्ष

देशान्तर

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीनको अध्यक्षमा निर्मल शर्मा चौलागाईं निर्वाचित भएका छन् । आइतबार सम्पन्न भएको निर्वाचनमा चौलागाईंले २०५ मत ल्याएर विजयी भएका हुन् ।

२७९ मतदाता रहेकोमा निर्वाच्नमा २६७ मत खसेको थियो । चौलागाईंले २०५ मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिद्वन्दी विष्णुप्रसाद डुमरुले ६० मत ल्याएका थिए । २ मत बदर भएको थियो । यसैगरी आईसीसी सदस्यमा रोहित अग्रवाल निर्विरिोध निर्वाचित भएका थिए ।

यस्तै २ जना उपाध्यक्षमा यादव अर्याल र राजकुमार खरेल निर्विरोध निर्वाचित भए । त्यसैगरी महिला उपाध्यक्षमा कसैको पनि उम्मेदवारी परेन भने महासचिवमा प्रदीप नेपाल, २ जना सचिवमा सूर्य प्रताप राजवंशी र पुन्यवती सुवेदी निर्विरोध निर्वाचित भए । अध्यक्ष पदमा मात्रै निवाचित हुँदा अरु सबै पदमा निर्विरोध भएको हो ।
कोषाध्यक्षमा सुरज न्यौपाने, सह– कोषाध्यक्षमा प्रदीप सिंह निर्विरोध निर्वाचित हुँदा महिला संयोजक पदमा पनि मनोनयन नै परेन ।
त्यसैगरी नविन किशोर दाहाल युवा संयोजकमा निर्विरोध निर्वाचित हुँदा सदस्यहरु ११ जनामा रवि रञ्जन कुशवाहा, सन्तोष भट्टराई, विकास वान्तवा राई, कृष्ण आचार्य, संञ्जय कोइराला, दिपेश प्रसाईं, प्रकाश धिमाल, सैलेश ठाकुर, कमल सापकोटा, विजय पराजुली, विकास सिग्देल निर्वाचित भए ।

महिला सदस्य २ जनाका लागि उम्मेदवारी आह्वान हुँदा एक जना जेनिका धोजुले मात्रै उम्मेदवारी दर्ता गरेपछि २३ सदस्यीय कार्यसमिति बनेको निर्वाचना आयुक्त मित्रलाल सापकोटाले जानकारी दिए । निर्वाचन समितिमा सुदेश झा, दामोदर पराजुली, प्रदीप न्यौपाने र विनोद तिमल्सिना रहेका थिए ।