देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकको भाडाको गोदाममा छापा : १ सय कार्टुन दारी काट्ने मेशिन फेला

देशान्तर

काठमाडौं । झण्डै सय किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकले लिएको भाडाको गोदाममा प्रहरी र राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ ।

बिहिबार प्रहरीले काठमाडौंको लाजिम्पाटस्थित चिनियाँ नागरिकले भाडामा लिएको गोदाममा छापा मारेको हो । सो क्रममा दारी काट्ने मेशिन १ सय कार्टुन फेला पारिएको छ । प्रहरी र विभागको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदैं गर्दा झण्डै १ सय किलो सुन राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो । अहिलेसम्म घटनाको छानबिनका क्रममा एक चिनियाँ, एक भारतीय, भन्सार कर्मचारी,भन्सार एजेन्ट लगायतका गरी १७ जना पक्राउ परिसकेका छन् ।