काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण समय ५ बजेसम्का लागि सारिएको छ ।
यसअघि आज बिहान साढे १० बजे शसपथग्रहण गर्ने तयारी थियो । सोही अनुसार प्रदेश प्रमुखको कार्यालयले पनि तयारी गरेको थियो । मुख्यमन्त्री थापाले साझ ५ बजेसम्मका लागि शपथ सारेका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता थापा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
गठबन्धन दलहरुबाट एक एक जना मन्त्रीलाई शपथग्रहण गराउने तयारी छ । ‘ सत्तारुढ गठबन्धनभित्र नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउने सहमति छ ।
एकीकृत समाजवादी पार्टीले भने भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेको छ ।





प्रतिक्रिया