देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौं प्रहरी परिसर कार्यालयमाथि ढुंगामुढा

देशान्तर

काठमाडौं । काठमाडौं प्रहरी परिसर कार्यालयमाथि ढुंगामुढा भएको छ । अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउको माग गर्दै तामाङ समूदायले प्रहरी कार्यालयको गेटमाथिनै ढुंगामुढा गरेका हुन् ।

अधिवक्ता पक्राउको माग गर्दै ढुंगामुढा भएको हो । केही दिनअघि पाण्डेले तामाङ र मगर समूदायमा दाजुभाइबीच विवाह हुने र त्यसैबाट आपराधिक गतिविधि बढ्ने धारणा सार्वजनिक गरेकी थिइन् ।

आन्दोलनकारीको ढुंगामुढाबाट १०–१२ जना प्रहरी घाइते भएका छन् । केही घाइते प्रदर्शनकारीसहितलाई पनि नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार आङकाजी शेर्पाको नेतृत्त्वमा गएको समूहले आन्दोलन थालेको थियो । प्रहरीले अधिवक्ता पाण्डेलाई बिहानै नियन्त्रणमा लिएको थियो ।