देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शिव शङ्कर रिजालको गाईजात्रे प्रस्तुति लुछाचुँडी सार्वजनिक

देशान्तर

काठमाडौँ  । जोगिन्दर पानवालाको परिचय बनाएका प्रसिद्ध कलाकार शिव शङ्कर रिजालले २०८० सालको गाईजात्रे प्रस्तुति लुछाचुँडी सार्वजनिक गरेका छन् । सत्ताइस मिनेटको उक्त प्रस्तुतिमा रिजालले राजनीतिक र अन्य समसामयिक विषयमा ब्यङग्य गरेका छन् । उनको प्रस्तुतिको भिडियोको प्यारोडी गीतमा  रिजाल सँगै राधिका हमाल, प्रेम शर्मा पौडेल, घनश्याम गौतम, सुरेश तिमल्सिना, गोपाल ढकाल छन्दे, गणेश ढकाल, अर्जुन गिरी, शिवराम कार्की,ज्ञान दीप गिरी, साबित्रा लामिछाने लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्यारोडी गीतका शब्द प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेका हुन् । गीतको सङ्गीत काली प्रसाद बासकोटाको हो ।  घामड शेरे चलचित्रमा समावेश साली मन पर्‍यो बोलको गीतको लयमा प्यारोडी गाइएको हो । जस्मा राधिका हमाल, प्रकाश ओझा र कर्णराज गिरीको स्वर रहेको छ ।  श्याम रायमाझी र केशव अधिकारीले सबै भिडियो सामग्री खिचेका हुन् भने प्रेम शर्माले सम्पादन गरेका हुन् । गाईजात्रे सामग्रीको प्रस्तुति ,लेखन, र निर्देशन रिजाले गरेका हुन् । भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।  रिजालले हरेक वर्ष गाईजात्रे प्रस्तुति निकाल्दै आएका छन् ।