देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संवैधानिक परिषदद्वारा श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस

देशान्तर

काठमाडौँ । प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ सिफारिसमा परेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार साँझ बसेको बैठकले प्रधानन्यायधीशमा श्रेष्ठको नाम सिफारिस गरेको हो । उनी अहिले वरिष्ठतम् न्यायाधशी रहेका छन् ।

यहि २० गते प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिँदै छ ।

यसअघि २०७८ फागुन १ देखि ०८० असार १ गतेसम्म कामुको नेतृत्वमा न्यायपालिका चलेको थियो ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेसंगै अब संसदीय सुनुवाइको प्रक्रिया सुरु हुनेछ । संसदीय सुनुवाईबाट अनुमोदन भएमा राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गरेर पद तथा गोपनियताको सपथ दिलाउने छन् ।