देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेबिसंघका असन्तुष्ट समुहले आज देउवा निवास घेर्ने

देशान्तर


नेपाल बिद्धाथी संघको असन्तुष्ट नेताहरूले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास घेराऊ गर्ने भएका छन् ।नेविसंघको हालै मनोनित केन्द्रिय सदस्यहरुमा सक्रिय कार्यकर्ता नपरे पछि असन्तुष्ट समुहले हिजो सानेपास्थित कांग्रेस केन्द्रिय कार्यालय घेराउ तथा नाराबाजी गरेका थिए । तर, उनीहरुलाई सानेपास्थित केन्द्रिय कार्यालय जान नदिए पछि आज पार्टी सभापति देउवाको निवास घेराऊ गर्न लागेका हुन ।

नेविसंघका असन्तुष्ट समुहका बिद्यार्थी नेता योगेन्द्र रावलले हिजो भने, ‘पार्टी कार्यालयमा प्रवेश नै गर्न नदिए पछि त अब कुनै न कुनै नेताको घरमा गएर कमिटि बनाउनुपर्ने हुन्छ, भोलि ९बिहिबार० शेरबहादुर दाइको घर घेर्न जान्छौं ।’ उनका अनुसार धुम्बाराहीस्थित देउवा निवासमा असन्तुष्ट बिद्यार्थी नेताहरुले आज घर घेराऊ गरी नेबिसंघ केन्द्रिय समिति सदस्य मनोनयनमा पुर्नबिचार गर्न दबाब दिइनेछ ।

असन्तुष्ट समुहको नेतृत्वको गर्ने बिद्यार्थी नेता प्राध्यापक प्रेम चलाउने माथी हातपात गर्ने नेता हुन् । नेबिसंघका अध्यक्ष दुजाङ शेर्पाको सिफारिसमा सभापति देउवाले ७ सय १० जनालाई केन्द्रिय समितिमा मनोनयन गरेका हुन् । उनले गरेको सो मनोयननमा स्वयं रावल पनि अटाएका छैनन् ।