देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दासानुदासहरू कहिले रुन्छन् ?


बलियोको तागत डर पैदा गर्न सक्न
विवश पार्न सक्नु कमजोरलाई
अनि दास बनाउनु
उसको नियति कुदिन्छ
ऊ फागत दास हो, सेवक हो
उसको धर्म मालिकको सेवा
उसको कर्म मालिकको खुसी
मालिक त अब ‘गरिब परवर’ बन्छ
दास झन् सीमित हुन्छ

मान्छे जब यसरी दास बन्छ
दुई टुक्रा रोटीको आस हुन्छ
अनि दासले पनि आफ्नो दास बनाउँछ
दासनुदास, अर्थात् दासको पनि दास
दासका पनि दासहरूको चुरीफुरीमा
मुलुक भुरुङ सरह फनफनी घुमिरहेको छ

गन्हाउनको सासमा
न बोलीको हेका, न शब्दको,
न संवादको, न सामाजिक मर्यादाको
यस्तै दासानुदासहरू पालेर
राजनीतिको फेरो भित्र
भ्रष्टाचारको मूल फुटेको छ
सर्वत्र गन्हाएको छ
गन्ध नसहनेको लागि
यो गन्ध आउँदैन
भ्रष्टाचारको प्रमाण भित्ता भित्तामा तर त्यो देखिँदैन
सबैतिर हरियो मात्र देखिन्छ
त्यति बेला दासानुदासहरू पनि रुन्छन् ।