काठमाडौं । नेपाल चिकित्सक संघले नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सीआइबीका अनुसन्धानकर्तामाथि छानबिन र कारबाहीको माग गरेको छ ।
नक्कली कागजातको घटनामा सक्कली डाक्टरलाई पक्राउ गरिएको घटनामा काउन्सिलका अधिकारीले गलत विवरण उपलब्ध गराएको र सीआईबीले सोही व्यक्तिलाई पक्राउ गरेको भन्दै यस्तो माग गरेको हो ।
संघद्धारा जारी विज्ञप्तीमा सीआईबीले निर्दोष चिकित्सकलाई पक्राउ गरी उनको मानमर्दन गरेको, मानसिक तनाव दिएको र यो घटनाले समग्र चिकित्सकीय सेवालाई दूषित तुल्याउने कार्य गरेको उल्लेख छ ।






प्रतिक्रिया