काठमाडौं । सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिकलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । गएराति उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।
साउन ३१ मा सिआईबीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । बुधवार पक्राउ परेका दम्पति हुन् । उनिहरुले ठमेलमा ‘केटीबी’ नामको रेष्टुरेण्ट संचालन गरेका छन् ।
सुन तस्करीमा संलग्न आरोपमा २१ जना यसअघि पक्राउ परेका थिए । गएराति पक्राउ परेका दुईजनासहित पक्राउ पर्नेको संख्या २३ पुगेको छ । यसैबीच नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एकजना विद्यार्थी चितवनबाट पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गएराति चितवनबाट नसिम अख्तरलाई पक्राउ गरेको हो । सप्तरीको राजविराज ७ ठेगाना भएका अख्तर चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन् । उनीमाथि आईएससी पास भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ ।





प्रतिक्रिया