देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निजामती सेवा ऐन संसदमा छिट्टै दर्ता हुने

देशान्तर

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती सेवा ऐन संसदमा छिट्टै दर्ता हुने बताएका छन् ।

कांग्रेस निकट निजामती कर्मचारीको भेलामा बोल्दै कांग्रेस उपसभापति समेत रहेका खड्काले लोक सेवा आयोगले सहमति दिएको सात दिनभित्र ऐनलाई संसदमा दर्ता गरिने बताएका हुन् ।

संघीय निजामती सेवा ऐन बनाउन ट्रेड युनियनको अधिकारमा गम्भीर ध्यान गएको उपप्रधानमन्त्री खड्काले बताए । मुलुकको अर्थतन्त्र ऋिणात्मक रहेको भन्दै ठूलो आर्थिक दायित्व पर्ने गरी सहुलियत र सुविधाहरु संघीय निजामती सेवा ऐनमा नसमेटिने उनको भनाइ छ ।