काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने भएका छन् ।
विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा सूचना दर्ता भएको छ ।
मुख्यमन्त्री थापाले भदौ १३ गते भित्र विश्वासको मत लिइसक्नु पर्ने संबैधानिक ब्यबस्था छ ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ ।





प्रतिक्रिया