देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सानोठिमीस्थित बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका २ सय २१ जना कैदी भागे

देशान्तर

काठमाडौं । सानोठिमीस्थित बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका २ सय २१ जना कैदी भागेका छन् ।

सुधार गृहको पछाडिको ढोका तोडेर उनीहरु भागेको हुन् । सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । तीमध्ये २५६ जना पुरुष थिए । भागेकामध्ये केहीलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको छ ।

बालसुधार गृहबाट नाबालक बन्दीहरु भागेपछि सो क्षेत्रमा दुईजना एसएसपीको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ । बाल सुधार गृहमा थुनामा रहेका १८ वर्षीय कमल बस्नेतको मृत्युको विषयमा झडप हुँदा नाबालक बन्दी भागेका हुन् । घटनास्थलमा उपत्यका प्रहरी कार्यालयमा कार्यरत एसएसपीहरु दिनेशराज मैनाली र ओम रानाको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ ।