देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शीतल निवासमा सर्बदलीय बैठक बस्दै

देशान्तर

काठमाडौं । संसद गतिरोध अन्त्यका लागि आज शीतल निवासमा सर्बदलीय बैठक बस्दैछ  । 

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग संसद गतिरोधको बिषयलाई लिएर सर्बदलीय बैठक बोलाएका हुन । 

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मंगलबार बिहान साढे ८ बजे शीतलनिवासमा बोलाइएको बैठकमा प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुको उपस्थिति रहने छ । तर, उनले समसामयिक विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बैठक बोलाएको जानकारी दिए ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अबरोध गरे पछि राष्ट्रपति पौडेलले त्यसमा चासो ब्यक्त गर्दै आएका छन । सो बिषयलाई लिएर राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीसँग तथा गत आइतबार बेलुका मात्रै  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटबार्ता गरी जारी संसद अबरोधको बिषयमा गम्भिर चासो ब्यक्त गरेका थिए । 

दुवै नेतासँग अलग अलग भेटबार्ता गरे पछि राष्ट्रपति पौडेलले आजका लागि सर्बदलीय बैठक बोलाएका हुन ।