काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आज साउदी अरबतर्फ प्रस्थान गरेका छन्।
पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) साउदी अरब र पानस युएईको निमन्त्रणामा साउदी अरब र दुबईमा हुने विविध कार्यक्रममा सहभागी हुन लिङ्देन त्यसतर्फ गएका हुन् ।
अध्यक्ष लिङ्देन साउदी अरबमा रहदा विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसंग भेटघाट एवं अन्तरक्रिया गर्ने, राजदुतावास र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग छलफल गर्ने तथा प्रवासी नेपाली एकता समाज साउदी अरबद्वारा आयोजित विविध कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
त्यसैगरी युएईको दुबईमा पनि विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसंग भेटघाट गर्ने, राजदुतावासका अधिकारीहरुसँग छलफल गर्ने, नेपाली श्रमिकको अवस्थाबारे स्थलगत अवलोकन गर्ने र प्रवासी नेपाली समाज युएईद्वारा आयोजित अधिवेशन घोषणा सभा तथा विविध कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ। उनी भदौ १२ गते स्वदेश फर्किने कार्यक्रम छ ।





प्रतिक्रिया