देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी नेता भ्रष्टाचार प्रकरणमा मुछिएको देखिन थालेपछि फाइल बन्द हुने खतरा :पौडेल

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भ्रष्टाचार सम्बन्धी खोलिएको फाइल पनि बन्द हुने अवस्था रहेको आशंका गरेका छन् ।

नेकपा माओवादी केन्द्रका नेता भ्रष्टाचार प्रकरणमा मुछिएको देखिन थालेपछि अनुसन्धान भइरहेका फाइल बन्द रोक्ने खतरा रहेको पौडेलको आशंका छ ।

चितवन रत्ननगर नगरको पार्टी समिति सम्मेलनमा बोल्ने क्रममा पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्रीको व्यवहारप्रति असन्तुष्टि जनाए । उनले फाइल खोलेपछि आफ्ना नपर्ने अरुको मात्रै पर्ने भन्ने नहुने भन्दै आफ्ना पर्न थालेपछि भ्रष्टाचारको अनुसन्धानको यात्रा अड्किएको देखिएको बताए । प्रधानमन्त्री प्रचण्ड आफ्नो बलले नभई कांग्रेसको शक्तिले पदमा पुगेको हेक्का राख्न उनले सुझाए ।