देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म बैठक चल्न नदिने बताएपछि अध्यक्ष गणेश तिमिल्सिनाले अर्को बैठक भदौ १० गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए । भदौ १० गते बैठक १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको छ । एमालेले आफ्नो मागमा सरकार गम्भीर नभएको भन्दै संसद अवरोध गर्दै आएको छ ।