देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धरानका मेयर हर्क साम्पाङले प्रहरीसमक्ष उजुरी हाले

देशान्तर

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले प्रहरीसमक्ष उजुरी हालेका छन् ।
वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै उनले स्थानिय रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएका हुन् ।
साम्पाङले केही दिनअघि सर्दु जलाधार क्षेत्रमा व्यक्तिगत जग्गामा दलबलसहित गएर वृक्षारोपण गरेका थिए । अदालतले उक्त जग्गामा वृक्षारोपण नगर्न आदेश दिएको थियो । साम्पाङलाई एक महिलाले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै थर्काएको भिडिओ सार्वजनिक भएको थियो ।