देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ह्याकाथनका लागि निर्णायक मण्डल

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसले पोलिसी ह्याकाथनका लागि निर्णायक मण्डल बनाएको छ । मंगलबार कांग्रेसले सात सदस्यीय निर्णायक मण्डलको नाम सार्वजनिक गरेको हो ।

जसमा अर्थशास्त्री डा समीर खतिवडा, प्राकृतिक सम्पदा विज्ञ सन्तोषमणि नेपाल, जलवायु विज्ञ डा रिता सिंह, प्राध्यापक प्रा डा राजेश राई, शिक्षक नरोत्तम अर्याल, सुशासन तथा नेतृत्व विज्ञ डा पुकार मल्ल र शिक्षक स्वस्तिका श्रेष्ठ रहेका छन् ।

पोलिसी ह्याकाथनका लागि कांग्रेसले साउन २७ गते आवेदन खुला गरेको थियो । भदौ ३ गतेबाट आवेदन बन्द भएको छ ।

सहभागी मध्ये निर्णायक मण्डलले उत्कृष्ट १० टोली छनोट गरे पश्चात् कांग्रेस केन्द्रीय कार्यालयमा भदौ ९ गते ‘ग्रान्ड फाइनल’ मा प्रतिस्पर्धा गराइने छ। प्रतिस्पर्धामा विजयी ३ टोलीलाई क्रमशः ३ लाख, १‍।५ लाख र ५० हजार नगद प्रदान गरिनेछ ।