देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले र राप्रपाका सांसदहरुले गरे कोशी प्रदेशसभाको बैठक बहिस्कार

देशान्तर

काठमाडौं । नेकपा एमाले र राप्रपाका सांसदहरुले कोशी प्रदेशसभाको आजको बैठक बहिस्कार गरेका छन् ।

बुधबार बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका थिए । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने बैठकमा गत सोमबार सभाध्यक्ष इस्राइल मन्सुरीले अमर्यादित व्यवहार प्रदर्शन गरेको भन्दै एमाले र राप्रपाले बैठक बहिस्कार गरेका हुन् ।

सभाध्यक्षको कुर्सीमा बसेको ब्यक्तिले मुख्यमन्त्री थापाको पक्षमा मत दिनुलाई एमाले र कांग्रेसले अमर्यादित भन्दै आएका छन् । सभाध्यक्षले अरु पनि गैर संवैधानिक कार्य गर्न सक्ने देखिएको भन्दै बैठक शुरु हुनासाथ एमाले र राप्रपाका सांसदले नाराबाजी सुरु गरेका थिए । एमाले र राप्रपाका सबै सांसदहरू बैठक छोडेर हिँडेपछि प्रदेशसभा बैठक स्थगित भएको हो । अर्को सूचना नहुञ्जेल प्रदेश सभा बैठक स्थगित गरिएको छ