काठमाडौं । नेपाली कांग्रेसका सात नेताले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका प्रहरी अधिकृतको सरुवाप्रति आपत्ति जनाएका छन् ।
भ्रष्टाचार काण्डमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरुलाई अस्वाभाविक रुपमा सरुवा गरिनुले निष्पक्ष छानबिन माथि नागरिक तहमा गम्भीर प्रश्न उठेको उनीहरुले विज्ञप्ति मार्फत जनाएका छन् ।
नेपाली कांग्रेस रुपान्तरण अभियानका अगुवा नेताहरु मधु आचार्य, डा. गोविन्दराज पोखरेल, गुरुराज घिमिरे, रञ्जित कर्ण, देवराज चालिसे, भुपेन्द्रजङ्ग शाही, भरत बहादुर खड्का र सुवास लोहनीले विज्ञप्ति निकालेर प्रहरी सरुवाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । नेपाल सुधार नहुनुमा अनियन्त्रित भ्रष्टाचार भएको उनीहरुको निष्कर्ष छ ।





प्रतिक्रिया