देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

म हतारमा छु


म हतारमा छु
छैन फुर्सत रुक्नु
नसुनाऊ मलाई कसले के भन्यो भनेर
कुनै अर्थ छैन मलाई यसमा अब

अन्तिम चरणमा चढ्ने उकाली ठूलो
मुकाम नभेटेको भए पनि गुनासो छैन मेरो
यात्राका दिन रातहरू फागत सकिएर गए
अरूको बाटोको जोगाडमा आफ्नै बाटो भुलेर बिते

फूल दिन नरोक मलाई
भूल नगरेर सम्झे हुन्छ
सुख दुःखको यो जीवन–छाया
माया बनेर हेरे पुग्छ

बल्ल देखेको छु
पर एक मुठी लालीमा उघ्रिएको
मलाई पुग्नु छ त्यहाँ यो ठुलो उकाली नाघ्न सकेर
दुब्लो पातलो म किन नदेखिऊ हौसला छ उद्गम नदीको
त्यसैले नरोक केही भन्न मलाई विलम्ब हुन्छ अब रोकिए भने ।