देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल भारत–चीन–अमेरिकाको त्रिपक्षीय द्वन्द्वको भू–सामरिक भुमरीमा पर्दै : भट्टराई

देशान्तर

काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल भारत–चीन–अमेरिकाको त्रिपक्षीय द्वन्द्वको भू–सामरिक भुमरीमा पर्दै गएको बताएका छन् ।

ट्विटरमा लेख्दै उनले नेपाल त्रिपक्षीय द्वन्द्वको भू–सामरिक भुमरीमा परेको बेलामा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूवीच एकताबद्ध हुनुपर्ने बेलामा सत्ता केन्द्रित भएको आरोप लगाएका छन् ।
चरम सत्तालोलुप, भ्रष्ट र अदूरदर्शी व्यक्ति÷शक्तिहरूको सत्ताको लुछाचुँडीले संरचनात्मक समस्या हल गर्नेभन्दा समस्या झन् गिजोलिएर देश र संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख हुँदै गएको उनको भनाई छ ।

उनले सबै देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूले देश र जनताको हितमा आवश्यक पहल नगर्ने हो भने भोलि धेरै ढिलो हुनसक्ने औल्याएका छन् ।