देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विदेश पाठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

देशान्तर


काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउपर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ घर भई कठमाडौँ टोखा नगरपालिका–३ बस्ने समिर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका–३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने तारा गुरुङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ परेकामध्ये मगरले दुई जनालाई क्यानडा पठाउने भन्दै पीडितबाट पाँच लाख ४५ हजार, सुनुवारले एक जनालाई क्रोएसिया पठाईदिने भन्दै दुई लाख, खड्काले एक जनालाई कुवेत पठाईदिने भन्दै एक लाख ९४ हजार र गुरुङले एक जनालाई नेदरल्याण्ड पठाईदिने भन्दै तीन लाख ४५ हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।