काठमाडौँ । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आगामी राजनीति युवाको पक्षमा ल्याउनुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकपछि कोइरालाले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्ने बताएका हुन्। आफूहरु बुढो भइसकेको र कहिले ढल्ने भन्ने थाहा नभएको भन्दै उनले राजनीतिमा युवाको आवश्यकता औँल्याए ।
उनले १५ औँ महाधिवेशनको तयारी स्वरुप सातवटै प्रदेशमा घुम्ने तयारी रहेको पनि सुनाए । सभापतिको उमेदवारीबारे भने उनले साथीहरुसँग कुरा गरेर मात्रै निर्णय गर्ने बताए । गठबन्धनको सरकार भएका कारणले चाहेजस्तो काम गर्न नसकेको उनको भनाइ छ ।





प्रतिक्रिया