देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले महासचिव नेतृत्वको प्रतिनिधिमण्डल शनिबार चीन जाने

देशान्तर

काठमाडौं । नेकपा (एमाले) महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल १२ दिने भ्रमणका लागि शनिबार चीनको सद्‍भावना भ्रमणमा जाने भएको छ ।

महासचिव नेतृत्वको भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्यदेखि जनवर्गीय संगठनका अध्यक्ष समेत छन् ।

भ्रमण टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्नेछ भने चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेताहरूसँग भेटवार्ता हुनेछ ।

भेटका क्रममा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष छलफल हुनेछ भने एमाले र चिनियाँ कम्युनिष्ट पार्टी बीचको पार्टीस्तरीय सम्बन्धका विषयमा अन्तरक्रिया हुने जनाइएको छ ।